यो वर्ष पाँच ‘बायोपिक’ फिल्म आउँदै

२०७५ पौष २३ सोमबार १४:५९:०० मा प्रकाशित

काठमाडौं । बलिउडमा सन् २०१८ मा केही ‘बायोपिक’ फिल्महरु आए, जसले तहल्लाका मच्चाए ।

बलिउडमा पद्मावत, पल्टन र गोल्डले चर्चामात्रै पाएनन् राम्रो कमाइ पनि गरे । समिक्षकहरुले पनि फिल्म र कलाकारको खुब प्रशंसा गरे ।

यो वर्ष पनि केही धमाकेदार ‘बायोपिक’ आउँदै छन् । सन् २०१९ मा आउन लागेका ‘बायोपिक’को गत वर्षदेखि नै चर्चा छ ।

यो वर्षको शुरुआतमा दर्शकले कंगना रनोटको फिल्म ‘मणिकर्णिका’ हेर्न पाउँने छन् । यो फिल्म झाँसकी रानी अर्थात लक्ष्मबाईको जिवनीमा आधारित छ । यो फिल्मको निर्देशन समेत कंगनाले नै गरेकी छन् ।

यसमा एकसय २५ करोड लगानी भएको छ । यो फिल्म सुटिङका क्रममा कंगना कयौ पटक घाइते पनि भएकी थिइन् । यसमा कंगनासँगै डेनी, सुरेश ओबेरॉय र अतुल कुलकर्णीले पनि अभिनय गरेका छन ।

यो वर्ष अर्को फिल्म आउँदैछ, ‘केसरी’ । धर्मा प्रोडक्सनको यो फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका छन् । यो फिल्ममा अक्षय कुमार र परिणित चोपडाको भूमिका रहेको छ । यो फिल्म सन् १८९७ को अफगान र सिख युद्धका विषयमा आधारित रहेको छ ।

सन् २०१९ मा आउने अर्को बायोपिक हो, ‘कलंक’ । यसमा बरुण धवन, माधुरी दीक्षित, सोनाक्षी सिन्हा, आलिया भट्ट, आदित्य रायको अभिनय रहेको छ । यो फिल्म अप्रिलमा रिलिज हुने छ ।

यो वर्ष आउने पाँचौ ‘बायोपिक’ हो, पानीपत । आशुतोष गोवारिकरको निर्देशन रहेको यो फिल्म पानीपतको लडाइमा आधारित छ । यसमा अर्जुन कपूर, संजय दत्त, कृति सैननको अभिनय रहेको छ । यो फिल्म डिसेम्बरमा रिलिज हुने छ ।

ताजा खबर