विद्या बालनको फिल्मले रिलिज नहुँदै कमायो एकसय करोड
कामठाडौं । बलिउड अभिनेत्री विद्या बालनको अभिनय रहेको फिल्मले रिलिज नहुँदै एकसय करोड रुपैयाँ कमाएको छ ।
आन्ध्राप्रदेशका मुख्यमन्त्री समेत भएका कलाकार एनटी रामा राव (एनटीए)को जीवनीमा आधारित फिल्मले रिलिज नहुँदै एकसय करोड भारतीय रुपैयाँ कमाएको हो ।
एनटीएको जीवनीमा आधारित फिल्मलाई दुई भागमा निर्माण गरिएको छ । पहिलो भागलाई ‘कथानायकुडू’ र दोस्रो भागलाई ‘महानायकुडू’ नाम दिइएको छ । यि दुवै भागको फिल्म निर्माणमा ५० करोड भारतीय रुपैयाँ खर्च भएको छ ।
तर, फिल्मले रिलिज नहुँदै एकसय करोड कमाइ सकेको छ । यसको डिजिटल र थिएटर राईट बेचेर एकसय करोड कमाइ गरेको हो । यसको डिजिटल राइटका लागि मात्रै अमेजन फिल्मले २५ करोड तिरेको छ ।
यो फिल्मको पहिलो भाग ९ जनवरीमा रिलिज हुँदै छ । यसको दोस्रो भाग २४ जनवरीमा रिलिज हुने छ ।
यो फिल्ममा विद्या बालन, रकुलप्रित सिंह र राणा दग्गुवातीको अभिनय रहेको छ ।