ट्रेलर अघि नै तस्बिर सार्वजनिक 

२०७४ असार १ बिहीबार ०७:५८:०० मा प्रकाशित

काठमाडौ, १ असार । ट्रेलर सार्वजनिक भन्दा अघि नै चर्चित चलचित्र प्रेमगीत २’का केही तस्बिरहरु सार्वजनिक भएका छन् । चलचित्रको क्लाइमेक्समा समावेश केही तस्बिरहरु सार्वजनिक भएका हुन् । 

सार्वजनिक तस्बिरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र निर्माता सन्तोष सेनविचको भिडन्त देख्न सकिन्छ । हुनत, यतिबेला निर्माणपक्षले यी तस्बिरहरु लिक भएको भनेर भनिरहेको छ । तर, निर्माणपक्षले ट्रेलरको हाइप बढाउन क्लाइमेक्सका तस्बिरहरु सार्वजनिक गरेको बताएको छ । चलचित्रकै यूनिट भित्रका एक व्यक्तिले फेसबुकमा तस्बिर अपलोड गरिदिएको  निर्माता सन्तोष सेनले बताएका छन् । 

 यो प्रचार शैलीलाई निर्माताको चलाखीका रुपमा बुझिएको छ ।   रिङ भित्रको यो भिडन्तका लागि निर्माता सन्तोष सेन आफूले ६ महिना तालिम लिएको समेत बताउँछन् । रामशरण पाठक निर्देशित यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरीको मुख्य भूमिका छ ।वुझिएअनुसार चलचित्रको ट्रेलरको सुरुवातमै यो एक्सनको दृश्यलाई समावेश गरिएको छ । 

 

ताजा खबर