आलिया र रणवीर नयाँ वर्ष मनाएर सँगै फर्किए

२०७५ पौष २२ आइतबार १४:२७:०० मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित जोडी आलिया भट्ट र रणवीर कपूर मुम्बइ विमानस्थलमा देखिएका छन् ।

नयाँ वर्ष मनाएर न्यूयोर्कबाट मुम्बइ फर्किदै गर्दा विमानस्थलमा भेटिएका हुन् । उनीहरु एकसाथ फर्किएका छन् ।

उनीहरु फर्किदै गरेको खबर पाएर पापराजीहरु विमानस्थल पुगेका थिए । आलिया र रणवीरलाई विमानस्थलबाट बाहिरिदै गर्दा पापराजीहरुले क्यामरामा कैद गरेका छन् । फोटो खिच्दा आलिया र रणवीर पनि सहज देखिएका छन् ।

प्रायः बलिउड जोडीहरु क्यामराबाट बच्ने कोसिस गर्छन् । आलिया र रणवीरले भने सहज रुपमा लिए ।

यसभन्दा पहिले उनीहरु न्यूयोर्कमा नयाँ वर्ष मनाइरहेका फोटोहरु बाहिर आएका थिए । न्यूयोर्कमा ऋषि कपूरको उपचार चलिरहेको छ । त्यसैले उनलाई भेट्न गएको अनुमान लगाइएको थियो ।

नयाँ वर्षको पार्टीको फोटोमा ऋषि कपूर पनि उपस्थित थिए । जहाँ आलिया र रणवीर पनि सँगै थिए ।

भारतीय मिडियाका अनुसार, आलिया र रणवीरका परिवारले पनि सहमति जनाइसकेका छन् । उनीहरु छिट्टै बिहे गर्ने तयारीमा रहेका छन् ।

ताजा खबर