‘मी टू’ मा परेका आलोक नाथलाई जमानत

२०७५ पौष २२ आइतबार १२:५१:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता आलोक नाथले अदालतबाट जमानत पाएका छन् ।

यौन दुर्व्यवहार गरेको आरोप लागेका उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । ‘मी टू’ अभियानमार्फत लेखक तथा निर्मात्री विन्ता नन्दाले आफूमाथि आलोकले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले आलोकविरुद्ध प्रहरीमा उजुरी पनि दिएकी थिइन् । त्यसमा मुम्बइ प्रहरीले अनुसन्धान शुरु गरेको थियो । आलोकलाई बयानका लागि बोलाएको थियो । तर, उनी भागेको समाचार आएको थियो । त्यसपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो ।

प्रहरीले पक्राउ गर्न खोजेपछि आलोक अदालत पुगेका हुन् । उनले पक्राउ नगरी मुद्दा लड्न पाउन आग्रह गरेका थिए । उनको निवेदनमा मुम्बई डिंडोसी अदालतले अग्रिम जमानत दिएको हो ।

अब अदालतको अर्को आदेश नभएसम्म उनलाई प्रहरीले पक्राउ गर्न पाउने छैन् । उनले थुनामा नबसी मुद्दा लड्न पाउने छन् ।

ताजा खबर