आयो सुगमको दर्शन

२०७४ श्रावण २३ सोमबार ०६:३७:०० मा प्रकाशित

काठमाडौं, २३ साउन ।  संगीतकार तथा गायक सुगम पोखरेको नयाँ गीत ‘दर्शन’ को म्युजिक भिडियो  शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा भगवानलाई खोज्दै हामी कहाँकहाँ भौतारिन्छौं तर भगवान हरेक मानिसमा जीवित हुन्छन् भन्ने सन्देश दिन खोजिएको छ ।

मनिष बशिष्ठले लेखेको गीत सुगम आफैंले संगीत भरेका छन्। संगीत संयोजन शैलेन्द्र प्रधान रहेको छ । निकेश खड्काले निर्देशन गरेका म्युजिक भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् । भिडियो भने उत्सव दाहालले खिचेका हुन् ।

म्युजिक भिडियो रङ्गमञ्चका कलाकार सफर पोखरेल र निर्मल दाहालको पनि अभिनय रहेको छ । पशुपति क्षेत्रमा गीत छायांकन गरिएको छ ।
 

ताजा खबर