आज राती ११ बजेर ७ मिनेटमा चन्द्रग्रहण

२०७४ श्रावण २३ सोमबार ०५:३६:०० मा प्रकाशित

काठमाडौँ, २३ साउन । आज श्रावण शुक्ल पूर्णिमा राति ११ बजे पछि चन्द्रग्रहण सुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले   राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने गौमले बताए ।  

एक घण्टा ५७ मिनेटसम्म लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिनेछ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ । रासस 

ताजा खबर