करण जौहरका दर्शकलाई यो वर्ष ६ 'गिफ्ट'

२०७५ पौष २० शुक्रबार १२:१३:०० मा प्रकाशित

काठमाडौं । बलिउडका प्रख्यात निर्देशक एवं निर्माता करण जौहरले सन् २०१८ मा बनाएका फिल्मले तहल्ला मच्चाए ।

काममा एकदम ध्यान दिने करणका २०१८ मा रिलिज भएका फिल्म सिम्बा र २.० ले अत्यधिक कमाइ गरे । समिक्षकहरुबाट समेत प्रशंसा पाएका यि फिल्म रेकर्ड तोड्न पुगे ।

करणले यो वर्ष पनि दर्शकलाई सुन्दर फिल्महरु गिफ्टका रुपमा दिने छन् । सन् २०१८ का भन्दा भन्दा पनि राम्रा फिल्म सन् २०१९ मा ल्याउन लागेको उनले बताएका छन् । उनले भनेका छन्, ‘दर्शकका लागि नयाँ वर्षका मेरा ६ गिफ्ट हुन् ।’

पहिलो फिल्म हो, ‘स्टुडेन्ट अफ द इयर’ । यो फिल्ममा करणले चंकी पाण्डेकी छोरी अनन्या पाण्डे र टाइग श्राफलाई ल्याउने भएका छन् ।

अर्को फिल्म छ, ‘ब्रह्मास्त्र’ । यो फिल्ममा रणवीर कपूर र आलिया भट्ट देखिने छन् । करणले निर्माण गर्ने यो फिल्मको निर्देशन अयान मुखजीले गर्ने छन् ।

उनको तेस्रो फिल्म आउने छ, ‘केसरी’ । यो फिल्ममा अक्षय कुमार देखिने छन् । यसको सुटिङ पनि भइसकेको छ ।

चौथो फिल्मका रुपमा करणले ‘कलंक’ ल्याउने छन् । बिग बजेटको यो फिल्ममा वरुण धवन, आलिया भट्ट, संजय दत्त, माधुरी दीक्षित, सोनाक्षी सिन्हाले अभिनय गर्ने छन् ।

उनको ‘हाइभ’ पनि यो वर्ष नै आउने छ । यसमा जैकलिन फर्नाडिस र सुशान्त सिंह राजपूतको रोमाञ्स देख्न पाइने छ ।

छैठौं फिल्मका रुपमा करणले ल्याउदैछन्, ‘गुड न्यूज’ । यो वर्षको अन्तिममा आउने ‘गुड न्यूज’मा अक्षय कुमार र करिना कपूरको अभिनय रहने छ । यसमा कियारा आडवाणी र दिलजीत दोसाँझ पनि देखिने छन् ।

ताजा खबर