बुलेट बाइकमा बेहुली हुइकिएपछि (भिडियोसहित)...

२०७५ पौष २० शुक्रबार ११:३१:०० मा प्रकाशित

काठमाडौं । भारतको पुणेकी एक युवतीले बिहीबार बिहे गरेकी छन् । तर, उनले अरु भन्दा फरक तरिकाले गरेको बिहेले संसारभरी चर्चा पाएको छ ।

उनी जन्ती लिएर बेहुलाको घर पुगिन् । त्यसले चर्चा पाएकी होइन् । यो त एकहिसाबले स्वभाविक पनि बन्दै गएको छ ।

उनले चर्चा भने बाइकका कारण पाएकी हुन् । जन्ती लगेर बेहुलाको घर जाँदा उनी बाइकमा थिइन् । त्यो पनि बुलेट बाइकमा । पछाडी जन्ति चडेका कार थिए भने उनी अघि अघि बेहुलीका रुपमा सजिएर बुलेट बाइक हुइकाउदै थिइन् ।

ति युवती हुन, पुणेकी कोमल देशमुख । चस्मा लगाएर, बेहुलीको रुपमा सजिएर बाइकमा निस्कदा बाटोमा देख्नेहरुले त फिल्मको सुटिङ चलिरहेको सम्झे । तर, जब साच्किै बिहे हो भन्ने सुने, त्यसपछि भने हेराहेर हुन थाल्यो ।

उनी पाँच किलोमिटर टाढा रहेको बेहुलाको घर पुगेकी हु । बेहुलको घरमा मण्डप सजिएको थियो । उनको आगनमा कारहरु पनि सजाएर राखेका थिए । तर, उनी भने बुवाको बुलेट बाइकमा चढेर हुइकिन् । त्यसपछि जन्तिले उनलाई पछ्याए ।

उनका बुवाले बिहे पछि त्यही बुलेट बाइक कोमललाई गिफ्ट दिएको जनाएको छ ।

ताजा खबर