प्रेमगीत २ ले गर्यो नौ दिनमा ६ करोडको व्यापार  

२०७४ श्रावण २२ आइतबार १५:४८:०० मा प्रकाशित

काठमाडौं, २२ साउन । नौ दिन अघि मात्र देशभर प्रदर्शनमा ल्याईएको चलचित्र प्रेमगीत २ ले  ६ करोड रुपैंयाँको व्यापार गरेको थाहा भएको छ ।
 दर्शकलाई आकर्षित गर्न सफल यो चलचित्रका प्रचार प्रमुख  किरण आर्चायले शनिबारसम्म निकै राम्रो व्यापार भएको बताए।, उनले भने,‘ दोश्रो शुक्रबार र शनिबार पनि चलचित्र हेर्ने दर्शक कम भएका छैनन् ।

हलमा शाहरुख खानको नयाँ फिल्म लागेको भएपनि प्रेमगीत २ ले दर्शक आफूतिर खिचेको दावी गरिएको छ।

सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशन रहेको प्रेमगीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरीले अभिनय गरेका छन्।

 

ताजा खबर