अभिनेता अनुपम खेरविरुद्ध मुद्दा दायर

२०७५ पौष १९ बिहीबार १२:२८:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरविरुद्ध भारतको विहारमा मुद्दा दायर गरिएको छ ।

अनुपमको मुख्य भूमिका रहेको ‘द एक्सडेन्टल प्राइमिनिस्टर’ फिल्मको ट्रेलर सार्वजनिक भएप्छि मुद्दा दायर गरिएको हो । मुद्दामा उनीसँगै यो फिल्ममा उनका सहयोगीलाई पनि विरोधी बनाइएको छ ।

विहारको अदालतमा दर्ता गरिएको मुद्दामा भनिएको छ, ‘फिल्मको माध्यमबाट केही प्रसिद्ध व्यक्तिहरुको छवि बराख बनाउन खोजिएको छ ।’

वकिल सुधीर कुमार ओझाले मुजफ्फरपुर चीफ ज्यूडिसल म्याजिस्ट्रेट कोर्टमा मुद्दा दर्ता गरेका हुन् । अदालतले ८ जनवरीका लागि सुनुवाइ तोकेको छ ।

यो फिल्ममा अनुपम पूर्वप्रधानमन्त्री मनमोहन सिंहको भूमिकामा रहेका छन् । यो फिल्मको माध्यमबाट पूर्वप्रधानमन्त्री सिंह, सोनिया गान्धी, राहुल गान्धी, प्रियंका गान्धीको छवि खराब देखाउन खोजिएको मुद्दामा जिकिर गरिएको छ ।

कलाकारसँगै फिल्म निर्देशक र निर्मातालाई पनि पनि मुद्दामा विपक्षी बनाइएको छ ।

यस्तो छ फिल्मको ट्रेलर

 

ताजा खबर