ब्रेकअपपछि नेहाले रणवीरलाई गरिन यस्तो पर्पोज (भिडियोसहित)

२०७५ पौष १८ बुधबार १३:५८:०० मा प्रकाशित

काठमाडौं । यतिबेला बलिउड गायिका नेहा कक्कड चर्चामा छिन् । गीतले त चर्चित बनाएको छ नै चार वर्ष लामो प्रेमसम्बन्ध टुङ्गिएपछि उनी झन चर्चामा छिन् ।

उनको बलिउड अभिनेता हिमांशु कोहलीसँगको प्रेमसम्बन्ध टुङ्गिएको छ । उनीसँग ब्रेकअप भएपछि भने गायिका नेहा कक्कडले रणवीर कपूरलाई पर्पोज गरेकी छन् ।

टिभी सो ‘लिटिल च्याम्प्स’मा उनले रणवीरलाई पर्पोज गरेकी हुन् । उनले रणवीरसँग भनिन, ‘म तपाईलाई खुब मन पराउँछु । म उनीहरुमध्येमा पर्दिन, जो तपाईलाई पर्पोज गर्न सक्छन् । तर, यहाँ एउटा कारणले पर्पोज गर्न बाध्य भएकी छु । मसँग नृत्य गर्नु हुन्छ ?’

नेहाको यति सुन्ने वितिक्कै रणवीर नाच्न थाले । उनले नेहासँगै नृत्य गरे भने उनलाई दुई हातले उठाए पनि ।

उनी त्यतिबेला ‘लिटिल च्याम्प्स’मा जजको भूमिकामा थिइन् ।


 

ताजा खबर