रणवीर–आलियाको आयो नयाँ पोस्टर

२०७५ पौष १८ बुधबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । रणवीर सिंहको फिल्म ‘सिम्बा’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । यसले नयाँ नयाँ रेकर्ड बनाएको छ । यहिबीच उनको अर्को फिल्म ‘गल्ली ब्वय’ पनि आउन लागेको छ ।

फिल्म ‘गल्ली ब्वय’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसमा रणवीर र अभिनेत्री आलिया भट्ट गीत सुन्दै गरेका देखिएका छन् ।

यस अघि रिलिज भएको पोस्टरमा रणवीर देखिएका थिएनन् । यो पोस्टमा भने रणवीर र आलिया दुवै देखिएका छन् ।

यो फिल्ममा रणवीर र आलिया रोमाञ्चक मुडमा देखिने छन् । रणवीर र्यापरका रुपमा छन । जोया अख्तरले निर्देशन गरेको यो फिल्म १४ फेब्रुअरीमा रिलिज हुने छ ।

 

ताजा खबर