क्याट्रिनाकी बहिनी, सलमानकी प्रेमिकाले बलिउडमा डेब्यू गर्दै

२०७५ पौष १८ बुधबार ११:५८:०० मा प्रकाशित

काठमाडौं । बलिउड सन् २०१९ को शुरुआतसँगै नयाँ कलाकारको आगमनले तात्न थालेको छ । यो वर्ष क्याट्रिना कैफकी बहिनीसहित १९ नयाँ कलाकारले बलिउडमा डेब्यू गर्न लागेका छन्, जसको बलिउडसँग सम्बन्ध छ ।

यो वर्ष चर्चित अभिनेत्री नूतनकी नातिनी प्रनूतन बलिउडमा डेब्यू गर्दैछिन् । उनलाई सलमान खानले फिल्ममा ल्याउँदै छन् । उनको अभिनय रहेको फिल्म ‘नोटबुक’ मार्चमा रिलिज हुँदैछ ।

क्याट्रिना कैफकी बहिनी ईशाबेल पनि यहि वर्ष फिल्ममा आउने छिन् । उनी आदित्य पंचोलीका छोरा सुरजसँगै फिल्म ‘टाइम टू डान्स’बाट डेब्यू गर्नेछिन् । यो फिल्म जनवरीमै रिलिज हुने छ ।

त्यस्तै, निर्देशक मुकेश गौतमकी छोरी सुरिली पनि यो वर्ष नै डेब्यू गर्दै छिन् । रणदीप हुड्डासँगै उनले अभिनय गरेको फिल्म ‘ब्याटल अफ सारागढी’ यहि वर्ष रिलिज हुने छ ।

यसैगरी टेलिरिरियलमा चर्चित कलाकार पूजा गौर जोया अख्तरका फिल्म ‘गली ब्वय’मा देखिने छिन् भने प्रख्यात बलिउड अभिनेता डेनी डेन्जोगपाका छोरा रिङजिङ ‘स्क्वाइड’ फिल्मबाट यहि वर्ष बलिउडमा डेब्यू गर्ने छन् । यो फिल्म मार्चमा रिलिज हुने छ ।

यस्तै, टिभी सो ‘देवोँ के देव महादेव’मा अभिनय गर्दैै आएका चर्चित अलाकार मोहिन रैना पनि यो वर्ष डेब्यू गर्ने छन् । उनी सर्जिकल स्ट्राइकमा बनेको फिल्म ‘उरी’मा देखिने छन् । यसमा यामी गौतमको पनि अभिनय रहेको छ ।

बलिउडकी चर्चित अभिनेत्री डिप्ल कपाडियाका भतिजा करन कपाडिया पनि यो वर्ष बलिउडमा प्रवेश गर्ने छन् । उनी सनि देवलसँगै फिल्म ‘ब्ल्यान्क’मा देखिने छन् ।

टेलिसिरियलमा चर्चित कलाकार अंकिता लोखडे पनि यो वर्ष फिल्ममा देखिने छिन् । उनी कंगना रनवतको ‘मणिकर्णिका’बाट बलिउडमा डेब्यू गर्ने छिन् । यो फिल्म जनवरीमै रिलिज हुँदै छ ।

अनन्या पान्डे, अहान शेट्टी, नन्दीश सन्धू, सौरव गुर्जर, अभिमन्यु दासानी, बरदान पुरी, यूलिया वन्तुर पनि बलिउडमा डेब्यू गर्ने छन् । यूलिया सलमान खानकी प्रेमिका हुन् । उनी ‘राधा क्यों गोरी क्यों काला’ फिल्ममा देखिने छन् । यो फिल्म मे मा रिलिज हुने छ ।

यस्तै, बलिउड अभिनेता शनि देवलका छोरा करन देवल पनि बलिउडमा डेब्यू गर्ने छन् । उनी ‘विजयता’ फिल्ममा देखिने छन् । महेश मान्जरेकरकी छोरी अश्विनी, कृति सैननकी बहिनी नुपुर पनि यो वर्ष बलिउडमा डेब्यू गर्ने छन् ।

ताजा खबर