नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्ड

२०७५ पौष १८ बुधबार ११:५७:०० मा प्रकाशित

काठमाडौं । हाम्रो पात्रोले नयाँ वर्ष २०१९ को अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरेको छ ।

 हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा  नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएको छ । जसमा मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने बताईएको छ । 

नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएको छ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिने हाम्रो पात्रोका प्रमुख सन्तोष देवकोटाले बताएका छन् ।
     
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको “asdfgl;kjh” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् ।
    

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा प्रयोगकर्ताको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपिएको बताईएको छ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलैसँग राख्न तथा शेयर गर्न सकिन्छ । 

 

ताजा खबर