कोमल वली भन्छिन् ‘२०१९ मै मेरो स्वयम्बर हुन्छ’  

२०७५ पौष १७ मंगलबार १५:५५:०० मा प्रकाशित

काठमाडौं, १६ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले यसैवर्षभित्रै आफ्नो स्वयम्बर हुने खुलासा गरेकी छिन् । 

मंगलबार गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले आफ्नो भावी वैवाहिक जीवनबारे खुलासा गरेकी हुन् । उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल बर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ 

सांसद वलीले हिन्दू धर्म वैज्ञानिक रहेको बताएकी छिन् । उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दा पनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दूधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दू महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५÷१५ दिनमा एकचोटी भोको बस्दा शरिरलाई फाईदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि ।’ 

आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दू धर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दू कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’ 
 
  


 

ताजा खबर