‘सिंघम’का भिलेनको चुनाव लड्ने घोषणा

२०७५ पौष १७ मंगलबार १२:१३:०० मा प्रकाशित

कामठाडौं । बलिउड चर्चित कलाकार अर्थात ‘सिंघम’ फिल्ममा ‘भिलेन’को भूमिका निभाएका प्रकाश राजले चुनाव लड्ने घोषणा गरेका छन् ।

नयाँ वर्ष २०१९ को अवसरमा ट्वीटमार्फत शुभकामना दिदै उनले चुनाव लड्ने घोषणा गरेका हुन् । उनी भारतीय लोकसभाको सन् २०१९ मा हुने चुनावमा उम्मेदवार बन्ने छन् ।

उनले ट्वीटमा लेखेका छन, ‘सबैलाई नयाँ वर्षको शुभकामना । एक नयाँ शुरुआत र अझ बढी जिम्मेवारी । तपाईहरुको सहयोगमा म लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने छु । कुन निर्वाचन क्षेत्रमा चुनाव लड्ने भन्ने विषयमा छिट्टै जानकारी दिनेछु ।’

भारतीय लोकसभाको यहि वर्ष चुनाव हुँदै छ । सन् २०१४ मा भारती बहुमतले प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई यो वर्ष अप्ठ्यारो पर्ने निश्चित छ । एकातिर कांग्रेसका राहुल गान्धीको माहोल सुध्रिदै गएको छ भने अर्कातिर सामाजिक रुपमा प्रतिष्ठा कमाएका व्यक्तिहरु मोदीको विरुद्ध बोल्न थालेका छन् ।

प्रकाश राज पनि मोदीका विरुद्ध बोल्दै आएका प्रतिष्ठित कलाकार हुन् । कर्नाटकमा येदियुरप्पाले राजीनामा दिएपछि उनले मोदी सरकारको आलोचना गरेका थिए । जसका कारण उनी चर्चामा आएका थिए ।

राष्ट्रिय पुरस्कार जितेका प्रकाश राजले पत्रकार एवं नागरिक अगुवा गौरी लंकेशको हत्याको पनि विरोध गरेका थिए । जसमा उनले सरकारको कडा आलोचना गरेका थिए ।

यस पटकको घोषणमा पनि उनी मोदी सरकारलाई चुनौति दिदै नयाँ नारा दिएका छन् । उनले भनेका छन, ‘अब कि बार जनता कि सरकार ।’ यस अघि सन् २०१४ को चुनावमा मोदीले ‘अब कि बार मोदी सरकार’ नारा दिएका थिए ।

ताजा खबर