बलिउड अभिनेता कादर खानको निधन

२०७५ पौष १७ मंगलबार ११:४०:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता कादर खानको निधन भएको छ । ८१ वर्षीय कादर खानको क्यानाडामा निधन भएको हो ।

उनी बिरामी भएपछि केही दिन अघि अस्पताल भर्ना भएका थिए । उनलाई स्वाँस फेर्न समस्या हुने गरेको थियो । जसका कारण भेन्टिलेटरमा राखिएको थियो ।

कादर खानका छोरा सरफराजले पीटीआईसँग कुराकानी गर्दै मृत्यु भएको पुष्टि गरेका छन् । ‘बुवा हामीलाई छोडेर गएका छन् । उनको सोमबार राति अन्तिम स्वास लिएका छन्,’ सरफराजले भने । कादर खानलाई सोमबार दिउसो नै कोमामा राखिएको थियो । 

उनको अन्तिम संस्कार क्यानाडामै हुने छ । परिवारका सबै सदस्य क्यानाडामै बस्ने भएकाले त्यही अीन्तम संस्कार गरिने सरफराजले बताए ।

कादर खानलाई ‘प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्ड’ भएको थियो । जसका कारणले उनको दिमागले काम गर्न छोडेको थियो ।

उनको जन्म २२ अक्टुबर, १८३७ मा अफगानिस्तानको काबुलमा भएको थियो । उनले सन् १९७३ मा ‘दाग’ फिल्मबाट अभिनय शुरु गरेका थिए । यो फिल्ममा राजेश खन्ना मुख्य भूमिकामा रहेका थिए ।

उनले यो भन्दा पहिले फिल्मको संवाद लेखेका थिए । ‘जवानी दिवानी’ फिल्मको संवाद लेखेका थिए । यो फिल्ममा रणधीर कपूर र जया बच्चनले अभियन गरेका थिए ।

उनले पटकथा पनि लेखेका थिए । उनले मनमोहन देसाई र प्रकाश मेहरासँगै पटकथा लेखेका थिए ।

उनले मनमोहन देसाईसँग मिलेर ‘धर्म वीर’, ‘गंगा जमुना सरस्वती, ‘कुली’ ‘देश प्रेमी’, ‘सुहाग’, ‘अमर अकबर एंथनी’ र प्रकाश मेहरासँग मिलेर ‘ज्वालामुखी’, ‘शराबी’, ‘लावारिस’, ‘मुकद्दर का सिकंदर’ जस्ता फिल्म लेखेका थिए ।

उनले ‘‘कुली नंबर १’, ‘मैं खिलाड़ी तू अनाड़ी’, ‘कर्मा’, ‘सल्तनत’  फिल्मको संवाद लेखेका थिए । उनले तीन सय फिल्ममा काम गरेका छन् । त्यस्तै, २५० भन्दा बढी फिल्ममा संवाद लेखेका छन् ।

ताजा खबर