एन्जेलीना जोलीका सन्तान ‘विद्रोही’ स्वभावका

२०७५ पौष १६ सोमबार १३:४०:०० मा प्रकाशित

 

काठमाडौं । हलिउडकी चर्चित नायिका एन्जेलीना जोलीले आफ्नो सन्तान सकारात्मक अर्थमा विद्रोही स्वभावको भएको बताएकी छिन् ।

४३ बर्षिय भर्सटाइल नायिका जोलीले बीबीसी रेडियोसँगको अन्तर्वातामा आफ्नो सन्तानको बारेमा खुलेर कुरा गरेको बताइएको छ । उनले भनिन, ‘मेरा बच्चाहरुमा सकारात्मक रुपमा विद्रोही स्वभाव छ, त्यो राम्रो र चासो लाग्ने खालको छ ।’ उनि थप्छिन्, ‘मेरा बच्चाहरु असाध्यै ज्ञानी होस् भन्ने चाहँदिन, मैले यसो भन्नु ठिक पनि छ, किनभने उनिहरु आफुलाई चिनुन् भन्ने चाहन्छु । ’

जोलीका ६ वटा बच्चा छन् । मेडोक्स (१७ वर्ष), पाक्स (१५ वर्ष), जहारा (१३ वर्ष), शिलोह (१२ वर्ष) छन् भने उनको पूर्व पति ब्राड पिटबाट जुम्ल्याहा सन्तान भिभियन र नोक्स (१० वर्षिय) छन् । (एजेन्सीको सहयोगमा)

 

ताजा खबर