शिवानीको प्रेममा फरहान अख्तर

२०७५ पौष १६ सोमबार ११:४५:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता फरहान अख्तर खासै विवाद र चर्चामा आउँदैनन् । उनलाई अभिनयले नै मिडियामा ल्याउँछ ।

तर, सन् २०१८ को अन्त्यतिर भने उनी प्रेमसम्बन्धले चर्चामा आएका छन् । बलिउड गायिका शिवानी दाँडेकरले उनीसँगको फोटो इन्स्टाग्राममा सेयर गरेर चर्चामा ल्याएकी छन् ।

केही सयमयता फरहान शिवानीसँग प्रेमसम्बन्धमा रहेको चर्चा थियो । तर, कसैले पनि खुलस्त पार्न सकेका थिएन् । झन फरहान त यसमा केही बोलेका थिएनन् ।

गायिका शिवानीले तस्विर सार्वजनिक गरेपछि भने भारतीय मिडियामा छाएका छन् ।

शिवानीले एउटै शोफामा बसेको तस्विर इन्स्टाग्राममा सेयर गरेकी हुन् । तस्विरको क्याप्सनमा भने उनले केही लेखेकी छैनन् ।

 

ताजा खबर