दीपिका बनिन् बिग बोसकी बिजेता
२०७५ पौष १६ सोमबार ११:२८:००
मा प्रकाशित
काठमाडौं । बिग बोसको १२औं संस्करणमा दीपिका कक्कड बिजेता बनेकी छन् ।
आईतबार अबेर राति भएको फाइनलमा क्रिकेटर एस श्रीसन्तलाई पछार्दै दीपिका विजेता बनेकी हुन् । उनले उपाधिसँगै ३० लाख भारतीय रुपैयाँ पाएकी छन् । त्यस्तै, प्रतियागितामा क्रिकेटर श्रीसन्त उपविजेता बनेका छन् ।
उत्कृष्ट तीनमा दीपिका, श्रीसन्त र दीपक ठाकुर पुगेका थिए । यस अघि उत्कृट पाँचमा पुगेका करणवीर बोहरा र रोमिल चौधरी उत्कृष्ट तीनमा पुग्न सकेनन् ।
टप तीनमा पुगेका दीपिका, श्रीसन्त र दीपकलाई एउटा मौका थियो, नगद लिएर बाहिरिने । बिग बोस संचालन गरिरहेका सलमान खानले बाहिरिन खोज्नेका लागि २० लाख भारतीय रुपैयाँ रहेको घोषणा गर्ने वितिक्किै दीपक ठाकुर तयार भए ।
उनी २० लाखको सोकेस लिएर बाहिरिए । त्यसपछि फाइनलका लागि दीपिका र श्रीसन्त रहेका थिए ।