हनिमूनमा निस्के दीपिका र रणवीर
२०७५ पौष १५ आइतबार १२:३२:००
मा प्रकाशित
काठमाडौं । बलिउड नयाँ जोडी अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह हनिमूनमा निस्केका छन् ।
उनीहरु हिजो अबेर राती विमानस्थल छिर्दै गरेका देखिएका थिए । एउटै पहिरनमा दीपिका र रणवीर हनिमूनका लागि निस्केको भारतीय मिडियाले जनाएका छन् ।
दुई साता अघि इटालीमा बिहे गरेका उनीहरु मुम्बइमै थिए । रणवीरको फिल्म 'सिम्बा'को प्रमोसनका लागि हनिमूनमा नगएको दीपिकाले बताएकी थिइन् ।
शुक्रबार सारा अलि खान र रणवीरको फिल्म 'सिम्बा' रिलिज भएको छ । समिक्षक र दर्शकबाट राम्रो प्रशंसा पाइरहेको सिम्बाले कमाइ पनि राम्रो गरेको छ ।
यस्तै, रणवीर अर्को फिल्म ‘गली ब्वइ’को पर्खाइमा छन । दीपिका भने ‘छपक’ फिल्म निर्माणको तयारीमा छिन् ।
नयाँ काम शुरु हुनभन्दा अघि यो जोडी हनिमूनका लागि निस्केको हो । उनीहरु कहाँ गएका हुन्ने खुलाएको छैन् ।