पहिलो दिनमा ‘सिम्बा’को कमाइ सबैभन्दा बढी

२०७५ पौष १५ आइतबार ११:५१:०० मा प्रकाशित

काठमाडौं । रणवीर सिंहका अहिलेसम्मका सबै फिल्ममध्ये ‘सिम्बा’ले पहिलो दिनमा बढी कमाइ गरेको छ ।

बजार बिष्लेशक रमेश वालाका अनुसार, रणवीरका पछिल्ला पाँच फिल्ममध्ये ‘सिम्बा’ले पहिलो दिनमा धेरै कमाइ गरेको हो । यसले पहिलो दिन शुक्रबार २० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

यस अघि रणवीरका पद्मावत, गुण्डे, गोलियोँ कि रासलीला रामलीला र बाजीराव मस्तानी आएका थिए । जसमा बाजीराव मस्तानीले १२ करोड, गोलियोकी रासलीला रामलीलाले १६ करोड, गुण्डेले १६ करोड र पद्मावतले १९ करोड भारतीय रुपैयाँ कमाएको थियो । यि सबैभन्दा बढी सिम्बाले २० करोड कमाएको छ ।

सिम्बाको दोस्रो दिनको कमाइ पनि बढेको छ । दोस्रो दिन शनिबार २३ करोड ७५ लाख कमाएको बलिउड बक्सअफिसले जनाएको छ ।

रोहित सेट्टीको सिम्बामा रणवीरसँगै सारा अलि खानको अभियन गरेको छ । यो फिल्म ८० करोड भारतीय रुपैयाँमा बनेको हो । यसलाई समिक्षकहरुले पनि चार स्टारसम्म दिएका छन् ।

ताजा खबर