'मी टू'मा मुछिएका बलिउड हस्ती

२०७५ पौष १४ शनिबार १४:१०:०० मा प्रकाशित

काठमाडौं । यो वर्ष बलिउडलाई ‘मी टू’ले उचाल्यो । अभिनेत्री तनुश्री दत्ताले शुरुआत गरेको यौन दुर्व्यवहारविरुद्धको अभियान ‘मी टू’ बलिउडाका हस्तीहरुलाई पद र प्रतिष्ठा च्यूत बनायो ।

सन् २०१८ ओझेल पर्दैै गर्दा ‘मी टू’ले डामिएका बलिउड हस्तीहरु केही काममा फर्किन थालेका छन भने केही ओझेल परेका छन् । सार्वजनिक कार्यक्रमहरुमा पनि देखिन छोडेका छन् ।

यसको पहिलो सिकार भए, नाना पाटेकर । उनलाई तनुश्री दत्ताले दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनी काममा फर्किन सकेका छैनन् ।

त्यस्तै, सुभाष घइ, विकास बहल, साजिद खान जस्ता चर्चित निर्देशक पनि ‘मी टू’मा परे । गायक कैलाश खेर, विपल शाह, सुभाष कपूर, नवाजुद्दीन सिद्दीकी, अनिर्बान ब्लाह, आलोक नाथ पनि ‘मी टू’बाट उम्किन सकेनन् ।

यस्तै, कलाकार पियूष मिश्रा, संगीतकार अनु मलिक, निर्देशक विकेक अग्निहोत्री, कलाकार जुल्फी सैयद, बरुण ग्रोबर, निर्माता गौरांग दोषी, गायक अभिजीत भट्टाचार्य, अभिनेता रजत कपूर, लेखक उत्सव चक्रवर्ती पनि ‘मी टू’मा परे । उनीहरु पनि ‘मी टू’को झट्काबाट तंग्रिन सकेका छैनन् ।

योसँगै थुप्रै लेखक चेनत भगत, मन्त्री एवं पूर्व सम्पादक एमजे अकबर लगायतले पनि ‘मी टू’को आरोप खेप्नु मात्रै परेन, पदबाट पनि राजीनामा दिनु परेको थियो ।

भारतमा यो अभियान अझै रोकिएको छैन् । कतिपयले सन् २०१९ मा पनि यो जारी रहने अनुमान गरेका छन् ।

ताजा खबर