सलमानको जन्मदिनमा शाहरुखको धमाल

२०७५ पौष १३ शुक्रबार १४:४४:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता सलमान खानको जन्मदिन पाटीका अर्का बलिउड अभिनेता शाहरुख खानले धमाल मच्चाएका छन् ।

जन्मदिनको अवसरमा सलमानले पाटीको आयोजना गरेका थिए । जसमा बलिउडका हस्तीहरु सहभागि थिए ।

यसैमा शाहरुख खान पनि पुगेका छन् । उनले सलमानलाई बधाई र शुभकामना मात्रै दिएनन् जमेर नाचगान पनि गरे ।

शाहरुखले सलमानसँगै गीत पनि गाए । उनले अमिताभ बच्चनको फिल्म ‘सात्ते पे सत्ता’को गीत ‘प्यार हमे किस मोड पर ले आया’ गीत गाएका थिए ।

दुवै खानले गाएको यो गीत जन्मदिन पाटीमा मात्रै होइन, सामाजिक संजालमा पनि भाइरल भएको छ । यसलाई सबैले मन पराइरहेका छन् ।

उनले आफ्नो ५३ औं जन्मदिन मनाएका हुन् ।

यस्तो छ शाहरुख र सलमानले गाएको गीत

ताजा खबर