कादर खान भेन्टिलेटरमा

२०७५ पौष १३ शुक्रबार १३:०९:०० मा प्रकाशित

काठमाडौं । प्रख्यात बलिउड अभिनेता कादर खान विरामी परेका छन् । उनलाई भेन्टिलेटरमा राखिएको छ ।

उनलाई बीआईपीएपी भेन्टिलेटरमा राखिएको भारतीय मिडियाले जनाएका छन् । उनका छोरा सरफराज खानका अनुसार, उनको अवस्था गम्भीर रहेको छ ।

८१ वर्षीया कादर खान केही सयमदेखि क्यानाडामा थिए । छोरासँगै बस्दै आएका उनलाई स्वास फेर्न समस्या भएको छ । जसका कारण भेन्टिलेटरमा राखिएको चिकित्सकले जनाएका छन् ।

चिकित्सकका अनुसार, घरी घरी होसमा आउने र बेहोस हुने गरेका छन् । उनी कसैसँग बोलचाल पनि गर्न सकिराखेका छैन ।

गत वर्ष उनको घुँडाको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि पनि उनलाई हिडडुल गर्न समस्या हुने गरेको थियो ।

सन् १९७३ मा बलिउडमा डेब्यू गरेका अभिनेता, निर्देशक एवं स्क्रिप्ट लेखक कादर खानले तीन सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । ११ डिसेम्बर, १९३७ मा अफगानिस्तानको काबुलमा जन्मिएका कादर खान क्यानाडामा बस्दै आएका छन् ।

केही समय फिल्ममा नदेखिएका उनलाई अब आउने ‘हेराफेरी–३’मा देख्न सकिने छ ।

ताजा खबर