बलिउडका उत्कृष्ट १० फिल्म

२०७५ पौष १२ बिहीबार १३:३५:०० मा प्रकाशित

काठमाडौं । बलिउडमा यो वर्ष पनि फिल्मको कमि रहेन् । धेरै फिल्मले समिक्षकको राम्रो प्रशंसा मात्रै पाएनन्, कमाइ पनि गरे ।

केही फिल्म ‘सय करोड’को क्लबमा पुगे भने केहीले कमाइको रिकर्ड ब्रेक समेत गरे । टाइम्स अफ इन्डियाले सन् २०१८ का उत्कृष्ट १० फिल्मको सूचि तयार गरेको छ ।

जसको पहिलो नम्बरमा ‘पद्मावत’ रहेको छ । संजयलिला भंशालीको ‘पद्मावत’ विवादित रह्यो । ‘पद्मावती’बाट नाम बद्लेर ‘पद्मावत’ बनाइयो । दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंहको अभियन रहेको यो फिल्मले तीन सय करोड भारतीय रुपैयाँ कमयो ।

त्यस्तै, दोस्रो नम्बरमा आलिया भट्टको ‘राजी’ फिल्म रहेको छ । मेघना गुल्जारले निर्देशन गरेको यो फिल्म २० करोडमा बनेको थियो । समिक्षक र दर्शकबाट राम्रो प्रशंसा पाएको ‘राजी’ले एकसय ९४ करोड कमायो ।

तेस्रो नम्बरमा संजय दत्तको जीवनीमा आधारित ‘सञ्जु’ रह्यो । रणवीर कपूर र मनिषा कोइरालाको अभियन रहेको यो फिल्मले ५८६ करोड कमायो, जुन एक सय करोडमा बनेको थियो ।

यसगरी चौथो नम्बरमा रहेको फिल्म हो, ‘बधाई हो’ । अमित रविन्द्रनाथ शर्माको निर्देशन तथा आयुशमान खुराना, सन्या मलहोत्रा, नीना गुप्ताको अभिनय रहेको यो फिल्म पनि सुपरहिट नै रह्यो । २९ करोडमा बनेको यो फिल्मले २२१ करोड कमायो ।

यसवर्षको पाँचौ नम्बरमा ‘स्त्री’ फिल्म रह्यो । श्रद्धा कपूर, राजकुमार रावको अभिनय रहेको यो फिल्मले १८० करोड कमायो । जबकी यो फिल्म २४ करोडमा निर्माण भएको थियो ।

त्यस्तै, यो वर्ष छैटौंमा ‘प्याडम्यान’, सातौंमा ‘सोनु के टिकु के स्वीटी’, आठौंमा ‘गोल्ड’, नवौंमा ‘विरे दि विडिङ’ र दशौं नम्बरमा ‘जीरो’ रहेको छ ।

ताजा खबर