साउदी अरबमा जीएसए नियुक्त गर्ने तयारीमा नेवानि

२०७५ पौष १२ बिहीबार १३:२२:०० मा प्रकाशित

काठमाडौं, १२ पुस । वाइडवडी जहाज खरिद प्रक्रियामा भइरहेको विवादको बिच नेपाल वायुसेवा निगम (नेवानि) गन्तव्य बढाउने तयारी गरिरहेको छ ।

सोही क्रममा नेवानिले साउदी अरबमा जेनरल सेल्स एजेन्ट (जीएसए) बन्न इच्छुकहरुलाई प्रस्ताव पठाउन आग्रह गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक व्यवस्थापनले एक सुचना जारी गर्दै यात्रु र कार्गो व्यवस्थापन गर्न इच्छुकहरुलाई प्रस्ताव पठाउन आग्रह गरेको हो । बुधबार जारी गरिएको सुचना अनुसार १५ दिनको अवधिमा इच्छुक संस्थाले प्रस्ताव पठाइसक्नु पर्ने नेवानिको शर्त रहेको छ ।

लामो दुरीमा उडान भर्ने भन्दै ल्याएको जहाजले अबका दिनमा साउदी अरबको साथै चीन, कोरिया र जापान पनि उडान गर्ने नेवानिको दाबी रहेको छ । अहिले नेवानिको अन्तर्राष्ट्रिय गन्तव्यहरु दिल्ली, बेंग्लोर, मुम्बई, दोहा, क्वाला लुम्पुर, बैंकक, दुबई र हङकङ मात्र रहेको छ ।

 

 

ताजा खबर