आजदेखि नेवानिको काठमाडौं–दाङ दैनिक उडान शुरु

२०७५ पौष १२ बिहीबार १२:३३:०० मा प्रकाशित

काठमाडौं, १२ पुस । नेपाल वायुसेवा निगम (नेवानि) ले दाङको टारीगाउँ एयरपोर्टबाट काठमाडौंको लागि बिहिबार देखि दैनिक उडान भर्दैछ ।

नेवानिका प्रवक्ता विजय लामाले दाङमा दैनिक उडान भर्ने काम आजबाट शुरु हुने जानकारी दिए ।

लामोसमय देखि बन्द रहेको उक्त एयरपोर्टमा करिब एक वर्षअघि देखि समिट एयरले सातामा एउटा उडान भर्दे आएको छ ।

उक्त एयरपोर्टमा इन्धनको सुविधा नभएको र टर्मिनल भवनको व्यवस्था नभएकोले पनि एयरलायन्सहरु यस क्षेत्रमा उडान भर्न उत्साहित देखिएका थिएनन् ।यसअघि प्यूठान, रोल्पा र सल्यान जिल्लाका बासिन्दाको लागि पनि हवाइजहाज चढ्न नेपालगंज पुग्नुपर्ने बाध्यता रहेकोमा अब दाङ पनि एउटा विकल्प बनेको बताइएको छ । त्यस्तै स्वर्गद्वारी जान चाहनेको लागि पनि यो उपयुक्त विकल्प हुन सक्ने पनि नेवानिको विश्लेषण रहेको छ ।

स्थानिय स्तरबाट लामो समयदेखि दाङ एयरपोर्टको संचालनको माग आइरहेकोमा नेवानिले त्यस क्षेत्रमा दैनिक उडान भर्ने भएको हो ।

नेवानिको जहाज काठमाडौंबाट ११ः४५ मा उड्ने र दिउँसो १ः२० मा दाङबाट काठमाडौंको लागि उड्ने तालिका रहेको छ । त्यस्तै काठमाडौंबाट दाङ जान ६ हजार ७० रुपैंया भाडा तोकिएको छ भने फर्किदा ५ हजार ८ सय ८० रुपैंया भाडा कायम भएको जानकारी पनि नेवानिले दिएको छ ।

 

ताजा खबर