आलोचकलाई कंगनाको कडा जवाफ

२०७५ पौष १२ बिहीबार ११:३०:०० मा प्रकाशित

काठमाडौं । अभिनयसँगै विवादले चर्चामा आउने बलिउड अभिनेत्री कंगना रानावत फेरी एक पटक समाचारमा छाएकी छन् ।

यस पटक भने उनले आलोचकहरुलाई कडा जवाफ दिएकी छन् । उनको बहुप्रतिक्षित फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को ट्रेलर रिलिज भएसँगै धेरैले प्रशंसा गरेका छन् । तर, केहीले आलोचना पनि गरेका छन् ।

उनीहरुलाई कंगनाले भनेकी छन्, ‘मेरो फिल्म रिलिज नहुँदासम्म आलोचना गर्नुस् । फिल्म हेरिसकेपछि आलोचकहरुको मुख आफै बन्द हुनेछ ।’

मणिकर्णिका कंगनाले निर्देशन गरेको पहिलो फिल्म हो । यो फिल्मले अहिलेसम्म आफ्ना आलोचना गर्नेहरुलाई जवाफ दिने उनको भनाइ छ ।

उनले आफ्नो प्रशंकहरुलाई धन्यवाद दिएकी छन् । उनले भनेकी छन्, ‘फिल्म रिलिज भएपछि मेरा प्रशंकहरु झन खुशी हुने छन् ।’

यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ ।

ताजा खबर