टाइगरको ‘उर्वसी’ नृत्य भाइरल

२०७५ पौष ११ बुधबार १३:३३:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रॉफको समुद्र किनारमा गरेको एक नृत्य भाइरल बनेको छ ।

एक्सनसँगै नृत्यका लागि पनि चर्चित अभिनेता टाइगरले यस पटक भने शाहिद कपूरको फिल्मको गीतमा नृत्य गरेका छन् । शाहिदको फिल्मको गीत ‘उर्वसी’ भरखरै रिलिज भएको थियो । त्यो गीत चर्चित पनि बनेको छ ।

टाइगरले पनि ‘उर्वसी’ गीतमै नृत्य गरेका हुन् । यस पटकको उनको नृत्य भने सामाजिक संजालमा भाइरल बनेको छ ।

उनले यो भिडियो इन्स्टाग्राम एकाउन्टमा राखेका थिए । कयौंले यसलाई मन पराएका छन् । कतिले त उस्तै नृत्य गर्दै भिडियो पोस्ट समेत गरेका छन् ।

यस्तो छ टाइगरको 'उर्वसी' नृत्य

 

ताजा खबर