साराको नयाँ लुक्स ‘तिमी टाढा कता कता’मा

२०७५ पौष ११ बुधबार १२:१६:०० मा प्रकाशित

काठमाडौं । गायक कर्ण दास र गायिका प्रश्ना शाक्य ‘तिमी टाढा कता कता’ गीतमार्फत नयाँ तरंग लिएर आएका छन् ।

यो गीतको म्युजिक भिडियोमा नायिका सारा श्रीपाईली नयाँ ‘लुक्स’मा देखिएकी छन् । उनीसँगै बिजय कार्कीले मोडलिङ गरेका छन् ।

मनाङका रमणीय पर्यटकीय स्थलमा छायांकन गरिएको यो गीतमा साराको अभिनयले मोहित बनाउँछ । रोमान्टिक लुक्समा देखिएकी साराको यो गीतले प्रफुल्लित बनाउँछ ।

बसन्त निरौलाले निर्देशन गरेको यो गीत किशोर दत्त बरालले लेखेका हुन् । कर्ण दासकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई दिव्य सुवेदीले आकर्षक रुपमा छायांकन गरेका छ ।

पवित्रा आचार्यको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुप्रिल पराजुलीले सम्पादन गरेका हुन् ।

ताजा खबर