नेपाल आइडल रविलाई काँधमा बोकेर नगर घुमाए जिल्लावासीले 

२०७५ पौष १० मंगलबार १९:४६:०० मा प्रकाशित


 

कञ्चनपुर । गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ । 

विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर शुक्लाफाँटा नगरपालिकाको झलारीमा परिक्रमा गराएका थिए । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ओडलाई नगरप्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता ओडले कुनै पनि प्रतियोगिता जित्नका लागि कसैको साथ चाहिने भएकाले त्यो साथ यहाँका जनताले दिएको बताए। यसैगरी आजै भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले समेत भीमदत्तनगरमा आयोजित कार्यक्रममा विजेता ओडलाई सम्मानपत्रसहित सम्मान गरे। राससका अनुसार, महेन्द्रनगर बजारमा आयोजित सम्मान कार्यक्रममा ठुलो सङ्ख्यामा समर्थकको उपस्थिति रहेको थियो । 

ताजा खबर