सलमान र शाहरुख क्याट्रिनाको क्रिसमस पाटीमा

२०७५ पौष १० मंगलबार १४:१२:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेताद्वय सलमान खान र शाहरुख खान एउटै पाटीमा देखिएका छन् ।

बलिउड अभिनेत्री क्याट्रिना कैफले क्रिसमसको अवसरमा आयोजना गरेको पाटीमा सलमान र शाहरुख देखिएका हुन् । क्याट्रिनाले सोमबार राती क्रिसमस पाटी आयोजना गरेकी थिइन् ।

यो विशेष पाटीमा बलिउडका हस्तीहरु सहभागि रहेका थिए । यो पाटी क्याट्रिनाको घरमै आयोजना गरिएको थियो ।

अभिनेता शाहरुख सामान्य पहिरनमा उपस्थित भएका थिए । अन्य कलाकारहरु पनि उपस्थित रहेका थिए ।

ताजा खबर