शाहरुखको ‘जीरो’ ओरालो लाग्दै

२०७५ पौष १० मंगलबार १३:५६:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जीरो’ ओरालो लाग्न थालेको छ ।

समिक्षकबाट राम्रो प्रशंसा पाएको ‘जीरो’को शुरुआत राम्रो रहन सकेन् । पहिलो दिन शुक्रबार २० करोड भारतीय रुपैयाँ कमाएको जीरोले सोमबार १० करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ ।

उकालो लाग्ने आस गरिएको यो फिल्म दोस्रो दिनदेखि नै ओरालो लाग्न थालेको हो । यसले दोस्रो दिन शनिबार १८ करोड कमाएको थियो भने चौथो दिन शनिबार २० करोड पुगेको थियो । चौथो दिन भने आधामा झरेको छ ।

क्रिसमसको रमझमसँगै ‘जीरो’को कमाइ पनि उकालो लाग्ने आश गरिएको छ । तर, त्यस्तो संकेत देखिएको छैन् ।

यो फिल्म दुई सय करोडमा बनेको थियो । यसमा शाहरुख खानसँगै क्याट्रिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ ।

ताजा खबर