यस्तो छ दयाहाङको ‘हावा सरर’ गीत
२०७५ पौष १० मंगलबार १३:१९:००
मा प्रकाशित
काठमाडौं । अभिनेता दयाहाङ राइको अभिनय रहेको ‘आप्पा’को ‘हावा सरर’ गीत सार्वजनिक गरिएको छ ।
दयहाङकै अभियन रहेको गीत सन्दकपुरमा छायाँकन गरिएको थियो । उमेश उपमाले लेखेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाले स्वर दिएका छन् ।
अनमोल गुरुङको संगीत रहेको गीतलाई धेरैले मन पराएका छन् ।
माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टले निर्माण गरेको यो फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो फिल्म २४ जेठमा रिलिज हुने छ ।