दिलका दिलिप सिकिस्त 

२०७४ श्रावण २० शुक्रबार १४:४८:०० मा प्रकाशित

मुम्वई । आफ्नो अद्भूत कला प्रतिभाका कारण प्रशिध्दि कमाएका हिन्दी सिने कलाकार दिलिप कुमार यतिबेला गम्भीर स्वास्थ्य समस्यासँग लडिरहेका छन् ।

किड्नीमा समस्या देखिएपछि उनलाई मुम्वईको लिलावती अस्पतालको आईसियुमा भर्ना गरिएको छ । उनलाई खतरामुक्त तुल्याउन डाक्टरहरुको विशेष टिम रातोदिन उपचारमा सक्रिय छ। तर दिलिपको स्वास्थ्यमा सुधार आउने नआउने भन्ने बारेमा उनीहरु ढुक्कले यसै भन्न सक्ने अवस्थामा  छैनन्।

केही समय अघिसम्म मात्र दिलिप कुमारको स्वास्थ्य केही ठीक भएको थियो तर फेरि उनलाई किड्नीको समस्या दोहोरिएको छ ।

सयौं चर्चित हिन्दी सिनेमाका नायक रहेका दिलिप कुमार भारतको सीमा छिचोलेर संसार प्रशिध्द भएका छन्। उनलाई पर्दामै मात्र देखेका दर्शक पनि दिलको दिलिप मानेर उनलाई मन पराउने गर्छन्।

दिलिपकी पत्नी सायरा बानु यतिबेला पतिको सुस्वास्थ्यको कामना गर्दै अस्पताल पुगेका शुभेच्छुसँग कुरा गरेर विव्हल मन शान्त गरिरहेकी छन् । तस्वीर: दैनिक जागरण 
 

ताजा खबर