‘एक लड्की को देखा तो ऐसा लगा’को फस्ट लुकमा बाबुछोरी

२०७५ पौष ९ सोमबार १५:५४:०० मा प्रकाशित

काठमाडौं । बलिउड फिल्म ‘एक लड्की को देखा तो ऐसा लगा’को फस्ट लुकमा बाबुछोरी देखिएका छन् ।

आज सार्वजनिक गरिएको पोस्टरमा बलिउड अभिनेता अनिल कपूर र उनकी छोरी सोनम कपूर देखिएका छन् । सोनलले अनिललाई अंगालो हालेकी छन् । दुवै निरास देखिन्छन् ।

फिल्मको पोस्टर ट्वीटरमा पोस्ट गर्दै अनिलले लेखेका छन, ‘एक लड्की को देखा तो ऐसा लगा’को फस्ट लुक सार्वजनिक गर्दा उत्साहित भएको छु । मेरी प्रिय छोरीसँगै मेरो जन्मदिनमा यो यात्रा शुरु गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु ।’

शेली चोपडा धरले निर्देशन गरेको यो फिल्मको ट्रेलर २७ डिसेम्बरमा सार्वजनिक गरिने छ । त्यस्तै, यो फिल्म १ फेब्रुअरी, २०१९ मा रिलिज हुने जनाएको छ ।

यसमा अनिल र सोनमका अतिरिक्त जुही चावला र राजकुमार रावको पनि अभिनय रहेको छ ।

 

ताजा खबर