मेलम्चीलाई सीएमसीले नै पूरा गर्ने

२०७५ पौष ९ सोमबार १४:५२:०० मा प्रकाशित

काठमाडौं, ९ पुस । गत सोमबारदेखि काम ठप्प पारेको इटालियन कम्पनी सीएमसीले नै मेलम्चीको खानेपानी आयोजनाको काम पूरा गर्ने भएको छ ।

सीएमसीले ‘टाट पल्टेको’ घोषणा गरि मेलम्चीको काम रोकेको थियो । कम्पनी सम्झौता तोड्न आयोजनालाई निवेदन दिएको थियो । आयोजनाले सहमति नजनाएपछि भाग्न खोजेको थियो ।

नेपाल प्रहरीको टोलीले होटलबाट ठेकेदार कम्पनीका प्रतिनिधिसहित आठ जनालाई पक्राउ गरेको थियो ।

खानेपापानी तथा सरसफाइ मन्त्रालय र सीएमसीबीच भएको छलफलपछि सीएमसीले नै काम पुरा गर्ने सहमति भएको मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए । उनका अनुसार, अब बाँकी काम सीएमसीले नै सम्पन्न गर्ने छ ।

सहमितपछि कम्पनीका प्रोजेक्टर म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई रिहा गरेको छ । जफत गरिएका उनीहरुका राहदानी पनि फिर्ता गरेको छ ।

सीएमसीका कर्मचारी क्रिसमस मनाउन इटाली जाने छन् । त्यसपछि फर्केर काम गर्ने मन्त्रालयले जनाएको छ ।

ताजा खबर