द ब्रिटिश कलेजकी रेजिका बनिन् एसीसीए प्रथम

२०७४ श्रावण २० शुक्रबार १३:३४:०० मा प्रकाशित


काठमाडौं , २० साउन ।  द ब्रिटिश कलेजको विद्यार्थी रेजिका महर्जन पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा विश्व प्रथम भएकी छन् ।

एसीसीए (एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) एक व्यावसायिक शैक्षिक योग्यता हो जुन १८० देशमा प्रदान गरिन्छ । एसीसीएले विद्यार्थीहरुलाई एकाउन्टिङ र फाइनान्स करियरको लागि तयार गर्छ जुन विश्वव्यापी रुपमा मान्यता प्राप्त छ । यो कोर्स अन्य शैक्षिक योग्यता भन्दा भिन्न छ किनभने यो कोर्सको परीक्षामा विद्यार्थीहरु आफैँले चार परीक्षा पिरियडहरु छान्न सक्छन् जसले उनीहरुको कोर्स मुल्याङ्कन गर्छ ।
द ब्रिटिश कलेजले ‘एकाउन्टिङ एण्ड बिजनेश’ र ‘एडभान्स डिप्लोमा इन एकाउन्टिङ एण्ड बिजनेश’ को साथमा अक्सफोर्ड ब्रुक्स युनिभर्सिटी, बेलायतबाट ‘बिएस्सी इन एप्लाइड एकाउन्टिङ’ पुरा गर्ने सुविधा उपलब्ध गराएको छ ।

द ब्रिटिश कलेजले सन् २०१२ बाट एसीसीए शिक्षा प्रदान गर्न थालेको हो । यो नेपालको दुई मध्ये एक ‘गोल्ड स्ट्यान्डर्ड’ एसीसीए संस्था हो । कलेजको एसीसीए बिभागहरुकाले प्रदान गर्ने उच्च गुणस्तरको शिक्षाको कारण टिबिसीले गोल्ड स्ट्यान्डर्ड प्राप्त गरेको हो ।

हाल कलेजमा १७० भन्दा धेरै विद्यार्थीहरु एसिसिएको तीन तहहरु क्तमश ः सिप, ज्ञान र पेशा सम्बन्धी कुराहरुमा अध्ययनरत छन् । यसको साथै नेपालमा एसीसीएको लोकप्रियता बढेसँगै धेरै भन्दा धेरै विद्यार्थीहरुले यस बारेमा चासो लिइरहेका छन् । रेजिकाको ताजा सफलता कलेजको लागि धेरै वर्षको मेहनत र नेपालमा शैक्षिक योग्यताको विकासमा सर्मपित ठूलो प्रतिफल हो ।

सिटिसी मलको सिने डे सेफमा आयोजना गरिएको कार्यक्रममा द ब्रिटिश कलेजका निर्देशक महेन्द्र कँडेल एसीसीए नेपालका प्रमुख रविन कटवाल, एसीसीए सल्लाहकार समितिका सदस्य पवन खड्का लगाएत द ब्रिटिश कलेजका कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
 

ताजा खबर