करिना कपूरलाई एउटै कुराको पछुतो

२०७५ पौष ९ सोमबार १३:०९:०० मा प्रकाशित

काठमाडौं । करिना कपूर बलिउडकी चर्चित अभिनेत्री । सानै उमेरमा बलिउडमा जमेकी उनी अहिले पनि धमाकेदार अभिनय गर्छिन् । उनलाई कुनै कुराको कमि छैन । तर, उनी एउटा कुराका भने सधै पछुताउने गरेकी छन् ।

त्यो हो, पढाइ । ‘मलाई जहिल्यै पनि के लाग्छ भने छिटो अभिनयमा आए । अलि ढिलो आउनु पथ्र्यो । १७ वर्षमै अभिनयमा लागेपछि पढाइ पुरा गर्न पाइन् । पढाइ पुार गर्न नपाएकोमा पछुतो हुन्छ,’ करिनाले भनिन् ।

उनले रेडियो कार्यक्रम ‘ह्वट वुमन वान्ट’सँगको कुराकानीमा भनेकी छन्, ‘स्नातक पुरा गर्नुपथ्र्यो । कम्तिमा पनि मसँग डिग्री हुनुपथ्र्यो ।’

अहिलेको समयमा शिक्षा सबैभन्दा ठूलो कुरा भएको उनको भनाइ छ । सैफअली खानको परिवारका र आफन्त धेरै पढेलेखेका रहेको उनले खुलाएकी छन् । अधिकासं क्याम्ब्रिज, अक्सफोर्ड, विनचेस्टरजस्ता विश्वविद्यालयमा पढेको उनले बताएकी छन् ।

उनले आफ्नो छोरा तैमूरलाई पहिले पढाउने वाचा गरेकी छन् । ‘पहिले तैमूरको पढाइ पुरा गर्छु, त्यसपछि उसको रुचि अनुसार काम गर्न दिन्छु,’ करिनाले भनेकी छन् ।

करिनाले मुम्बइस्थित जमनाबाई नर्सरी स्कुलमा पढेकी थिइन् । त्यसपछि मिठीबाई कलेजबाट दुई वर्ष कमर्सको पढाइ गरेकी थिइन् । त्यसपछि समर कोर्सका लागि हार्वर्डमा भर्ना लिएकी थिइन् । तर, तीन महिनामै छोडेकी थिइन् । उनले पढाइ नछोड्न बालबालिकालाई आग्रह गरेकी छन् ।

ताजा खबर