सलमान अली बने इन्डियन आइडल

२०७५ पौष ९ सोमबार ०८:१६:०० मा प्रकाशित

काठमाडौ,९ पुस । आफ्ना ४ जना प्रतिष्पर्धीलाई पछि पार्दै सलमान अलीले इन्डियन आइडल १० औं संस्करणको ट्रफि उचालेका छन् । हरियाणाको मेवातका सलमान अली भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ को १० औँ संस्करणको विजेता बनेका हुन् ।  

गएराती (आइतबार राती) फाइनल फिनालीमा भएको लाइभ भोटिङ्ग तथा अघिल्लो हप्ता र शनिबार प्राप्त भएको भोटको आधारमा अली पहिलो भएका हुन् । हिमाञ्चल प्रदेशका अंकुश भारद्वाज दोस्रो भए । उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र एउटा कार उपहारमा पाएका छन् । यस्तै दोस्रो भएका अंकुशले पाँच लाख भारतीय रुपैयाँ र अरु उपहार पाए ।

बहुचर्चित बनेको इन्डियन आइडलको यो सिजनको सेकेण्ड रनरअप अर्थात तेस्रो स्थानमा १६ वर्षकी निलान्जन रे रहिन् । यस्तै नितिन कुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा रहे ।

निलान्जनाले पाँच लाख भारतीय रुपैयाँ र अन्य उपहार पाइन् भने नितिन र विभोरले तीन–तीन लाख भारतीय रुपैयाँका साथ उपहारहरु पाए । फिनालीमा कुल दुई करोड ५५ लाख भन्दा बढी भोट प्राप्त भएको जानकारी दिइएको थियो ।

विशाल ददलानी, नेहा कक्कड तथा जावेद अली निर्णायक रहेको शो सन् २०१८ को जुलाई ७ देखि सुरु भएको थियो । फिनालीमा वरिष्ठ गायकहरु सुरेश वाड्कर, बप्पी लहेरी तथा अलका याग्निकसहित उपस्थित थिए ।

ताजा खबर