दुई वर्षको डिप्रेसनबाट फर्किएका हनि सिंहको धमाका

२०७५ पौष ८ आइतबार १३:१७:०० मा प्रकाशित

कामठाडौं । चर्चित बलिउड गायक हनि सिंह दुई वर्ष गायब रहे । उनी कहाँ गए, के गरे कसैले अत्तोपत्तो पाएनन् ।

खासमा उनी डिप्रेसनमा परेका थिए । दुई वर्षको डिप्रेसनबाट उनी बलिउडमा फर्किएका छन्, नयाँ गीत लिएर ।

उनले भरखरै एउटा गीत ‘मखना’ सार्वजनिक गरेका छन् । यो गीत शनिबार यूट्यूबमा अपलोड गरिएको छ । जसले एक दिनमै लाखौले हेरेका छन् ।

एक दिनमा सबै भन्दा बढी हेरिएको गीतमा हनि सिंहको ‘मखना’ आएको छ । पहिलो दिनमा एक करोड ९० लाखले यो गीत हेरेका छन् । दोस्रो दिन यो गीत हेर्नेको संख्या दुई करोड ८५ लाख नाघेको छ ।

यो गीत सार्वजनिक गर्नु भन्दा अघि हनि सिंहले टिजर रिलिज गरेका थिए । यो गीतमा उनी अलग ‘गेटअप’मा देखिएका छन् । यो गीतमा हनि सिंहसँगै नेहा कक्कडले स्वर दिएकी छन् ।

यस्तो छ हनि सिंहको 'मखना' गीत

 

ताजा खबर