शाहरुखको ‘जीरो’ले दुई दिनमा कमायो ३५ करोड

२०७५ पौष ८ आइतबार १२:३९:०० मा प्रकाशित

कामठाडौं । समिक्षकबाट राम्रो प्रशंसा पाएको शाहरुख खानको ‘जीरो’ले फिल्महलमा भने सुस्त शुरुआत गरेको छ । यसको कमाइको गति आशा गरेभन्दा कमजोर देखिएको छ ।

बलिउड बक्सअफिसका अनुसार, दुई दिनमा ३५ करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्म शुक्रबार रिलिज भएको थियो । पहिलो दिन २० करोड भारतीय रुपैयाँ कमाएको छ ।

त्यस्तै, शनिबार दोस्रो दिन पनि सन्तोषजनक कमाइ देखिएको छैन् । दोस्रो दिन १५ करोड भारतीय रुपैयाँ कमाएको छ ।

जीरोमा फिल्म दुई सय करोडमा बनेको थियो । यो फिल्म पाँच हजार नौसय स्क्रिनमा रिलिज भएको थियो । जसमा चार हजार चार सय भारतमा र एक हजार पाँच सय स्क्रिन अन्य देशमा रहेका थिए ।

यो फिल्ममा शाहरुख खान, अनुष्का शर्मा, क्याट्रिना कैफको अभिनय रहेको छ ।

 

ताजा खबर