बलिउड अभिनेत्री अदिती पनि 'मी टू'मा

२०७५ पौष ८ आइतबार १२:२१:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री अदिती राव हैदरीले आफू पनि यौन दुर्व्यवहारमा परेको बताएकी छन् ।

यौन दुर्व्यवहारविरुद्धको अभियान ‘मी टू’मार्फत अभिनेत्री अदितीले बलिउडमा यौन दुर्व्यवहारमा परेको बताएकी हुन् । यो वर्षको चर्चित ‘पद्मावत’ फिल्मकी अभिनेत्री अदितीले शुरुआति दिनमा दुर्व्यवहारको सामना गर्नु परेको बताएकी हुन् ।

उनले भनिन्, ‘फिल्ममा काम गर्न कम्प्रोमाइज गर्नु पर्छ भनिएको थियो । मलाई लागेका थियो अब म बलिउडमा काम पाउँदिन । किनकी म कम्प्रोमाइज गर्ने पक्षमा थिइन् ।’

त्यसपछि बलिउडमा काम गर्ने सपना छोडेर तमिल फिल्मतिर लागेको उनले बताएकी छन् । अहिले तलिम फिल्ममा चर्चित अभिनेत्रीका रुपमा रहेकी अदिती बलिउडमा पनि काम गर्न थालेकी छन् । ‘आफूलाई भाग्यमानी ठान्छु, मेरो टिम राम्रो थियो । जसले गर्दा बलिउडमा पनि काम पाएँ,’ उलने भनेकी छन् ।

उनले यौन दुर्व्यवहारका विरुद्ध बोल्ने महिलाका विचार सुन्नु पर्ने बताएकी छन् ।

बलिउड अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरका विरुद्ध बोलेर शुरु गरेको ‘मी टू’ले भारतमा तहल्का मच्चाएको छ । कयौैं निर्देशक, अभिनेता, लेखक, साहित्यकार तथा नेता यसको चपेटामा परेका छन् । अझै यो क्रम रोकिएको छैन, मी टूका पक्षमा बोल्ने क्रम बढ्दै गएको छ ।

 

ताजा खबर