रवि ओड बने दोस्रो नेपाल आइडल

२०७५ पौष ७ शनिबार ०६:४४:०० मा प्रकाशित

काठमाडौ,७ पुस । रवि ओड चर्चित सिङ्गिङ रियालिटी सो नेपाल आइडल सिजन–२ को विजेता बनेका छन् । रविले २२ लाख रुपैँया र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थर्ड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

ताजा खबर