अभिनेता अरमान कोहली रक्सी राखेको आरोपमा पक्राउ

२०७५ पौष ६ शुक्रबार १३:०७:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अरमान कोहली पक्राउ परेका छन् । उनको घरमा ४१ बोतल विदेशी रक्सी भेटिएपछि मुम्बई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय कानुनअनुसार, १२ बोतलभन्दा बढी विदेशी रक्सी राख्न पाउँदैनन् । यात्राका क्रममा भने झन दुई बोतल मात्रै राख्न पाउँछ ।

अभिनेता अरमानको घरमा ४१ बोतल रक्सी भेटिएको हो । जसमा ३५ बोतल प्रयोग भइसकेको पाइएको मुम्बई प्रहरीले जनाएको छ ।

भारतीय कानुनु अनुसार, यसमा अभिनेता अरमान दोषी भेटिए तीन महिना जेल सजाय हुन सक्ने छ । त्यस्तै, उनलाई जरिवाना पनि लाग्ने छ ।

उनी यस अघि पनि विवादमा आएका थिए । प्रेमिकामाथि कुटपिट गरेका आरोप लागेको थियो ।

सन् १९९२ मा ‘विरोधी’ फिल्मबाट अभिनय शुरु गरेका अभिनेता अरमानले थुप्रै फिल्मका अभिनय गरेका छन् । स–सानो भूमिकामा अभिनय गर्दै आएका उनी सन् २००२ को ‘जानी दुश्मः एक अनोखी कहानी’बाट चर्चित बनेका थिए । पछिल्लो समय विगबासमा संलग्न थिए ।

उनलाई मुम्बई प्रहरीको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ ।

ताजा खबर