यस्तो छ ‘सिम्बा’को नयाँ गीत

२०७५ पौष ५ बिहीबार १४:०९:०० मा प्रकाशित

काठमाडौं । प्रमोसनका लागि हनिमून समेत पछाडि सारेका रणवीर सिंहको फिल्म ‘सिम्बा’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

दर्शकले ‘आँख मारे’ र ‘तेरे बिन’ गीतलाई मन पराएपछि नयाँ गीत ‘आला रे आला’ सार्वजनिक गरिएको हो । यो गीतलाई पनि धेरैले मन पराएका छन् । जसमा रणवीर सिंहको नृत्यले तहल्का मच्चाएको छ ।

रोहित सेट्टीले निर्देशन गरेको ‘सिम्बा’को प्रमोसन चलिरहेको छ । अभिनेता रणवीर र अभिनेत्री सारा अलि खान प्रमोसनमा व्यस्त छ ।

यसैबीच आएको नयाँ गीतले सिम्बालाई झन चर्चित बनाएको छ । ‘आला रे आला’ गीतलाई यहाँ हेर्न सकिन्छ ।

 

 

ताजा खबर