दीपिका–रणवीरले पछाडि सारे हनिमून

२०७५ पौष ५ बिहीबार ११:५८:०० मा प्रकाशित

काठमाडौं । केही साता अघि बिहे गरेका बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले ‘हनिमून’ यात्रा पनि पछि सारेका छन् ।

मिडिया रिपोर्टका अनुसार, फिल्मको पर्मोसनका लागि रणवीरले हनिमून यात्रा पर सारेका हुन् । उनी हनिमूनका लागि युरोप यात्रामा जाने तयारीमा थिए । तर, उनको फिल्म ‘सिम्बा’को प्रमोसन चलिरहेको छ । जसकारण हनिमून यात्रा रोकेको जनाएको छ ।

फिल्म निर्देशक रोहित शेट्टीले भने प्रमोसनका लागि मूख्य कलाकारहरुलाई दवाव नदिएको बताएका छन् । उनले भनेका छन, ‘मैले प्रमोसनका लागि कुनै पनि कलाकारमाथि दवाव दिएको छैन ।’

उनले रणवीरमाथि कुनै दवाव नदिएको बताएका छन् । रणवीर आफै प्रमोसनमा लागेको उनको भनाइ छ । निर्देशक शेट्टीले भनेका छन, ‘मैले हनिमून रोक्न लगाएको होइन । आफ्नो काम पूरा गरेर मात्रै हनिमूनमा जाने रणवीरकै निर्णय हो ।’

फिल्म सिम्बामा रणवीरसँगै सारा अलि खानको अभिनय रहेको छ । यो फिल्मका गीत सार्वजनिक भएसँगै लोकप्रिय भएका छन् । यो फिल्म २८ डिसेम्बरमा रिलिज हुनेछ ।

 

ताजा खबर