शाहरुखको ‘जीरो’बाट एउटा सिन हटाइने
काठमाडौं । बहुप्रतिक्षि फिल्म ‘जीरो’को एउटा सिन हटाइने भएको छ ।
सिख समुदायले विरोध जनाएपछि ‘जीरो’ निर्माण कम्पनी रेड चिल्लीज एउटा सिन हटाउन तयार भएको हो ।
फिल्मको ट्रेलरमा एउटा सिन छ, जसमा शाहरुख खानले कृपाण समातेका छन् । यसमा सिख समुदायले विरोध जनाएका थिए । उनीरुहरु अनुसार, कृपाण सबैले समात्न पाउँदैनन् ।
यसका विरुद्ध सिख समुदायले अदालतमा रिट दायर गरेका थिए । त्यसपछि रेड चिल्लीज इन्टरनेमेन्ट कम्पनी त्यो सिन हटाउन राजी भएको हो ।
बुधबार रेड चिल्लीले अदालतमा पेस गरेको निवेदनमा यो सिन हटाउने बताएको भारतीय मिडियाले जनाएका छन् । यसलाई भिजुलअ इफेक्टका माध्यमबाट बदलिने भएको हो ।
शाहरुख खान डेढ वर्षपछि फिल्ममा देखिदैछन् । यो उनकै कम्पनीले निर्माण गरेको हो ।
यसमा शाहरुखसँगै अनुष्का शर्मा र क्याट्रिना कैफको पनि अभिनय रहेको छ । यसको निर्देशन आनन्द एल रायले गरेका हुन । यो २१ डिसेम्बरमा रिलिज हुँदैछ ।